Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राष्ट्रिय भलिबल खेलाडी प्रगतीलाई वडा सरकारद्वारा सम्मान

tribeni2

रुकुम पश्चिम / राष्ट्रिय महिला भलिबल टिममा छनौट भई उत्कृष्ट खेल प्रदर्शन गर्नुभएकी प्रगती नाथलाई गृह जिल्ला रुकुम पश्चिममा स्वागत तथा सम्मान गरिएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्वर २ को कार्यालयले राष्ट्रिय भलिबल खेलाडी प्रगतीलाई सम्मान गरेको हो । सोहि वडा निवासी प्रगती गृह जिल्ला आएको बेलामा स्वागत सहित सम्मान गरिएको वडा अध्यक्ष प्रकाश खत्रीले बताउनुभयो ।

प्रगतीले गाऊँ, जिल्ला र देशकै नाम उच्च राखेको वडा अध्यक्ष खड्काले जनाउनुभयो । आफ्नै वडावासी देशको गहनाको रुपमा उदाएकोले वडा कार्यालयले स्वागत सहित सम्मान गरेको हो । प्रगती राष्ट्रिय महिला भलिबल टिममा छनौट भई उत्कृष्ट खेल प्रदर्शन गरेकोले गौरवान्तित भएको खत्रीको भनाई रहेको छ ।

प्रगतीले राष्ट्रिय भलिबल टिममा आबद्ध भएर सेटरका रुपमा उत्कृष्ठ कौशल प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्