Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिद्धार्थ बैंकद्वारा वृक्षारोपण र सरसफाई

tribeni2

रुकुम पश्चिम / सिद्धार्थ बैंकको रुकुम पश्चिमस्थित मुसिकोट शाखाले वृक्षारोपण र सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका १ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयको परिसरमा वृक्षारोपण गर्नुका साथै विद्यालय परिसरमा सरसफाई गरेको जनाएको छ ।

बैंकका शाखा प्रवन्धक ओपेन्द्र बिष्टले दिनुभएको जानकारी अनुसार विश्व वातावरण दिवसको अवसरमा विद्यालय क्षेत्रमा वृक्षारोपण र सरसफाई गरिएको हो । बैंकले कटहर, अमिलो र कागतीका बिरुवाहरु विद्यालयमा रोपेको हो ।

शाखा प्रवन्धक बिष्टले विद्यालय क्षेत्रमा वातावरण सफा बनाउन र प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्न सरसफाई गरिएको बताउनुभयो । यसका साथै वातावरण जोगाउन वृक्षारोपण कार्यको ठुलो महत्व हुने उहाँको भनाई रहेको छ ।

शाखा प्रवन्धक बिष्टको नेतृत्वमा भएको वृक्षारोपण तथा सरसफाई कार्यक्रममा बैंकको शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्