Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विश्व वातावरण दिवस : रुकुममा कार्यालय सौन्दर्यीकरण तथा हरियाली प्रबर्द्धन कार्यक्रम

tribeni2

रुकुम पश्चिम / विश्व वातावरण दिवस (जुन ५) को अवसरमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र चण्डीदल गणको मुसिकोट १ सल्ले स्थित कार्यालयमा वृक्षारोपण गरिएको छ ।
विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यालय परिसर सौन्दर्यीकरण तथा हरियाली प्रबर्द्धन कार्यक्रम अन्तर्गत वृक्षारोपन गरिएको हो ।

'प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं' भन्ने मुख्य नाराका साथ दिवस मनाईएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालय परिसरलाई सुन्दर बनाउने र हरियाली प्रवद्र्धन गर्ने उद्धेश्यका साथ वातावरण दिवसको सन्दर्भ पारेर वृक्षारोपन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय र चण्डीदल गण कार्यालयको परिसरमा विभिन्न जातका रुखका विरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रमुख सेनानी बरुण केसी खत्री, प्रहरी नायब उपरीक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्