Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्व : विविध कार्यक्रमका साथ मनाईयो वातावरण दिवस

कमलदहमा सेल्फी स्पोर्ट उद्घाटन
२०८० जेठ २२
tribeni2

रुकुम पूर्वमा विभिन्न कार्यक्रमका साथ विश्व वातावरण दिवस मनाईएको छ ।

'प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौ : वातावरणमैत्री विकल्पको उपयोग गरौं' भन्ने मूल नाराका साथ डिभिजन वन कार्यालयको आयोजनामा विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस मनाईएको हो ।

दिवसका अवसरमा जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यामिक बिद्यालयमा वृक्षारोपण गरिएको छ । बिद्यालयको प्रांगण वरिपरी बिभिन्न दश प्रजातीका दुई सय बिरुवा रोपिएको छ ।

डिभिजन वन कार्यालयबाट प्राप्त भएका उक्त बिरुवा रोपन कार्य जिल्लास्थित सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुखहरुको उपस्थितीमा सम्पन्न गरिएको छ । वृक्षारोपण कार्यमा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठ, उपप्रमुख मोहोन बहादुर के सी, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुखहरु, बिद्यालयका शिक्षक बिद्यार्थीको उपस्थिती रहेको थियो ।

त्यसैगरी प्लाष्टिकजन्य सामाग्रीको न्युन प्रयोग तथा यसको व्यवस्थापन, जंक फुडको प्रयोगले पर्न जाने असर लगाएतका बारेमा पनि बिद्यालयमा अध्ययनरत बालबालीकालाई जानकारी गराईएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख जितेन्द्रसिंह खड्काले यसबारेमा जानकारी गराउदै बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले अत्याधिक मात्रामा जंकफुड प्रयोग गर्ने र जंकफुडमा प्रयोग गरीएका प्लाष्टिक तथा प्लाष्टिकजन्य सामाग्रीहरुले मानव स्वास्थ्य तथा वातावरण दुबैमा असर पुु¥याउने हुँदा यसको प्रयोग कम गर्न सुझाव दिनुभएको छ ।

दिवसकै अवसर पारेर पर्यटकीय क्षेत्र कमलदहमा वन कार्यालयको सहयोगमा निर्माण गरिएको सेल्फी स्पोर्टको पनि उद्धघाटन गरिएको छ । पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्धेश्यका साथ निर्माण गरिएको उक्त स्पोर्टको आज उद्धघाटन गरिएको वन कार्यालयका रेन्जर बिश्व के. सी. ले जानकारी दिनुभयो ।

हरेक दिन कमलदहमा मानिसको भिड लाग्ने र उक्त स्पोर्टमा फोटो खिच्नेहरुको लहरले आन्तरिक तथा पर्यटकहरुको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्