Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबीसकोटको रोकाजा टोल पहिलो नमुना टोल घोषणा

tribeni2
  • सत्य बटाला

रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १ रहेको रोकाजा टोललाई पहिलो नमुना, सफा र स्वच्छ टोल घोषणा गरिएको छ ।

सोमबार एक कार्यक्रमका बिच रोकाजा टोललाई पहिलो नमुना ,सफा र स्वच्छ टोल घोषणा गरिएको हो ।

वडा अध्यक्ष देब बहादुर घर्तीले दिनुभएको जानकारी अनुसार नेपाल सरकारको पुर्ण सरसफाइ मार्गदर्शन २०७३ मा उल्लेख भए अनुसार पुर्ण सरसफाइका ७ मुख्य सुचकहरुको व्यवस्थापन पश्चात रोकाजा टोललाई नमूना टोल घोषणा गरिएको हो ।

योजना र व्यवस्थापन, चर्पिको समुचित प्रयोग, सुरक्षित खानेपानी पहुँच तथा प्रयोग, व्यक्तिगत सरसफाइ तथा साबुनपानी सहितको हात धुने स्थानको व्यवस्थापन, सुरक्षित खानाको प्रयोग, घरायसी तथा सस्थागत सरसफाइ, वातावरणिय सरसफाइ लगायत समुदायस्तरका न्युनतम मुख्य कार्यहरु तथा सहायक सुचक प्राप्त गरेकोले नमूना टोल घोषणा गरिएको हो ।

पहिलो नमुना सफा र स्वच्छ टोल घोषण गरिएको रोकाजा टोलमा ४२ घरधुरी रहेको अध्यक्ष घर्तिले बताउनुभयो ।

वडा अध्यक्ष देब बहादुर घर्ती नेतृत्वमा रहेको अनुगमन टोली, रोकाजा टोल विकास समितीको अगुवाइ तथा स्थानीय जनसमुदायको सहभागीतामा शान्ती नेपाल आठविसकोटको सहजिकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा स्थानीयले वडामा पहिलो पटक आफ्नो टोल नमुना सफा स्वच्छ टोल घोषणा भएको भन्दै खुशियाली व्यक्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्