Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
रंगशाला

र‌ंगशालाको काममा फर्किए धुर्मुशः काम सुरु भोलीबाटै

tribeni2

चितवनमा रोकिएको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम मंगलबार अर्थात भोलीबाटै सुरु हुने भएको छ । निर्माणका लागि काम थालेको धुर्मुस सुन्तली फाउन्डेसनले सोमबार पत्रकार सम्मेलन गरेर काम मंगलबारबाटै सुरु हुने जनाएको हो । निर्माणका क्रममा स्थानीयका केही असन्तुष्टि र काममा बाधा आएपछि फाउन्डेसनले काम तत्कालका लागि रोकेको थियो । 

चितवनको भरतपुरमा सोमवार भएको सरोकारवाला पक्षसँगको छलफलका क्रममा मंगलबारबाट निर्माणका कार्य सुरु गर्ने धुर्मुस सुन्तली फाउण्डेसनले जानकारी गराएको हो । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस लगायतका टिम चितवन फर्किका छन । सोमवार विभिन्न चरणमा छलफल पनि गरेको छ । चितवनमा बनेको जिल्लास्तरीय रंगशाला निर्माण सहयोग समिति र पत्रकारहरुसँग छलफल गरेका छन । छलफलका क्रममा फाउण्डेसनका अध्यक्ष धुर्मुसले हिजो जे जस्तो घट्ना भए पनि अब त्यसलाई विर्सिएर निर्माणकार्यलाई अगाडि बढाउने बताए । हिजो भएका कमिकमजोरीलाई सवैले विर्सिएर अगाडी बढ्नुप्नेमा जोड दिदै अध्यक्ष धुर्मुसले आगामि दिनमा त्यस्ता घट्ना नदोहोर्‍याउने प्रतिवद्धता सवैले जनाउनुपर्ने बताए । ३ अर्बको ठुलो रकम नउठ्दा निर्माणकार्य प्रभावित हुने सम्भावना नरहेको दावी गरेका छन ।

धुर्मुसले भने ‘निर्माणका विभिन्न चरण छन ति चरण अनुसार सहयोग संकलन पनि चरणबद्ध रुपमा हुनेभएकाले समस्या हुँदैन ।’ उनले अहिलेसम्म साढे ६ करोडको प्रतिवद्धता आएपनि सवै रकम आईनसकेको बताए । छलफलका क्रममा सरोकार पक्षले घोषणा गरीएको रकम चाँडै फाउण्डेसनलाई हस्तान्तरण गर्ने प्रतिवद्धता पनि जनाएका थिए । सवैले गर्व गर्नलायक आयोजना निर्माणका कार्य अघि बढीरहेकाले सवैले मनैबाट साथ सहयोग गर्नुपर्ने बताए । निर्माणका लागी बनेका विभिन्न समिति र पत्रकारहरुले निर्माणको बातावरण बनाउन भुमिका खेल्न फाउण्डेसनले आग्रह गरे । उनले काम रोकिदा समय तालीका र केहि प्राविधिक विषयमा प्रभाव परे पनि अव निर्माण कार्यले तिब्रता पाउने विश्वास व्यक्त गरे । हिजो जुन स्थानमा रोकिएको थियो त्यहिबाट काम सुरु गर्नेभएकाले हिजोको साथ सहयोग थप बढाउदै लैजान सवैसँग आग्रह पनि गरेका छन । डिपीआरको काम सँगै अब मंगलवारबाट यसअघि रोपीएको दुवो गोडमेल, भत्कीएको बार पुन लगाउने र जिल्लाका विभिन्न स्थानमा घरदैलो कार्यक्रमलाई पनी अगाडी बढाउने जानकारी गराएका छन । भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माणधिन अवस्थामा रहेको रंगशालाको शान्तीचोकतर्फको केहि जस्तापातासहितको तारबाट जेठ १५ गत्ते केहि असन्तुष्ट स्थानियले भत्काएपछि असुरक्षाको कारण देखाउदै फाउण्डेसनले निर्माणकार्य स्थगित गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  २२:०७
प्रतिक्रिया दिनुहोस्