Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नवनिर्मित प्रशासनिक भवनबाट सिस्नेको सेवा सुरु

२०८० जेठ २३
tribeni2

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले नवनिर्मित प्रशासनिक भवनबाट सेवा सुरु गरेको छ ।

सिस्ने गाउँपालिका ५ मा रहेको गाउँपालिकाको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरिएको गाउँपालिकाका इन्जिनियर कर्ण केसीले जानकारी दिनुभयो ।

निर्माण सुरु गरिएको दुई वर्षपछि काम सकिएपछि नयाँ भवनबाट सेवा दिन थालिएको हो । ईन्जिनियर केसीका अनुसार तीन तले उक्त भवनमा २६ वटा कोठा रहेका छन् ।

कुल ६७२ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको यो भवन आर्थिक वर्ष ०७७/७८ देखि निर्माण कार्य सुरु गरिएको थियो । ४ करोड ९७ लाखको लागतमा भवन निर्माणको लागि यति विल्डर्सले जिम्मा लिएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले नयाँ भवनबाट एकीकृत र व्यवस्थित सेवाप्रवाह सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार नयाँ भवनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष, बैठक हल, पुस्तकालय, वडा अध्यक्ष समन्वय कक्ष, कार्यालय प्रमुख निवास सहित कार्यपालिकाका विभिन्न शाखाहरु रहेका छन् । यसका साथै गाउँपालिका स्टोर र स्वास्थ्य स्टोर समेत यसै भवनमा रहेको छ ।

गाउँपालिकाको पशु सेवा शाखाले पुरानै भवनबाट सेवा प्रवाह गरिरहेको र अन्य सबै शाखाहरुले नयाँ भवनबाटै सेवा प्रवाह गरिरहेको प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो ।

गाउँपालिकाको आफ्नै भवन नहुँदा यसअघि हाल नवनिर्मित भवन नजिकैको सभाहललाई मुख्य कार्यालयका रुपमा प्रयोग गरिएकाे थियो । कृषि विकास तथा पशु सेवाको भवन र पाहुना घरसमेतलाई प्रयोग गरेर गाउँपालिकाले सेवा प्रवाह गरेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्