Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा बाेराभरि ‘बम’ भेटिए

tribeni2

रुकुम पश्चिममा बम जस्तो शंकास्पद बस्तु भेटिएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ७ र ८ को सिमाना पर्ने त्रिसिङमा बम जस्तो शंकास्पद बस्तु फेला परेको हो ।

स्थानीयले बम रहेको सूचना प्रहरी चौकी झुल्खेतमा दिएपछि उक्त स्थानमा प्रहरी पुगेकाे छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार प्रहरी टोली पुगी हेर्दा प्लाष्टिकको बोराबाट निस्केको ८/९ वटा रेडबुलको बट्टा कालो टेपले बेरेको, तारहरु लत्रिएको अवस्थामा रहेको छन् ।

प्लाष्टिकको बोरा नै गलेपछि ती बम जस्तो देखिने बस्तु बाहिर निस्किएका छन् । बोरा भित्र पनि अन्य शंकास्पद बस्तु रहेका छन् । प्रहरीले उक्त स्थानलाई सुरक्षित राखेको छ ।

चण्डिदल गण सल्लेबाट उप सेनानी दुर्गा केसीको कमाण्डमा सात जनाको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको बताईएको छ । सेनाले उक्त वस्तु डिस्फोजल गर्ने जनाईएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्