Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा भेटिएका १२ थान बम सेनाद्वारा डिस्फोज

tribeni2

रुकुम पश्चिममा भेटिएका बम नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर ७ र ८ को सिमाना पर्ने त्रिसिङमा फेला परेका बम रुकुम पश्चिममा रहेको नेपाली सेनाको चण्डिदल गण सल्लेको टोलीले डिस्फोज गरेको हो ।

उप सेनानी दुर्गा केसीको नेतृत्वमा गएको टोलीले १२ थान बम डिस्फोज गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । ११ वटा रेडबुलको बट्टा र एउटा रबरको ग्यालेनमा राखिएको बम डिस्फोज गरिएको हो ।

उहाँका अनुसार मंगलबार दिउँसो स्थानीयले बम रहेको सूचना प्रहरी चौकी झुल्खेतमा दिएका थिए । त्यसलगत्तै घटनास्थलमा प्रहरी पठाएईको र बम नै रहेको ठहर भएपछि डिस्फोजको लागि नेपाली सेनाको टोली बोलाईएको थियो ।

प्रहरी नायब उपरिक्षक भट्टराईका अनुसार ती बमहरु केहि वर्ष पहिला नै फालिएको हुनसक्ने आँकलन गरिएको छ । बम राखिएको प्लाष्टिकको बोरा नै गलेपछि बमका बट्टाहरु बाहिर निस्किएका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्