Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम र रोल्पाको सयुक्त जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न

सिमा नाका र राजमार्गको विषयमा बैठक केन्द्रित
tribeni2

रुकुम पश्चिम र रोल्पा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु बिच संयुक्त जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा दुबै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा बैठक सम्पन्न भएको हो । रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार बैठक अपराध नियन्त्रण र सुरक्षा संवेदनशिलताको विषयमा केन्द्रित रहेको थियो ।

बैठकले दुई जिल्लाका सिमा नाकामा हुनसक्ने अवैध लागुऔषधको कारोबार र विभिन्न अपराधिक गतिविधि नियन्त्रणका लागि दुबै जिल्लाको सुरक्षा निकाय मिलेर काम गर्ने निर्णय गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले बर्षायाम सुरु हुन थालेको र दुई जिल्ला भएर सञ्चालन भएका राजमार्गहरुमा आउन सक्ने सम्भावित अवरोध हटाउन पायक परेका जिल्लाले अग्रसरता दिने निर्णय भएको बताउनुभयो । समग्र शान्ति सुव्यवस्था र सेवा प्रवाहको सहजताको बारेमा बैठकमा छलफल भएको थियो ।

बैठकमा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, दुबै जिल्लाका प्रहरी प्रमुखहरु, नेपाली सेनाका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्