Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटमा भिरबाट खसेर बेपत्ता भएका पुरुषको शव भेटियो

tribeni2

रुकुम पश्चिम / भिरबाट खसेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । जिल्लाको आठविसकोट नगरपालिका –४ गोतामगाउँ का ६० बर्षिय हिरे कामीको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार स्थानीय ढुङगाखानीबाट घर छाउने ढुङगा निकाल्ने क्रममा मंगलबार भिरबाट खसेर उहाँ बेपत्ता हुनुभएको थियो । बेपत्ता हुनुभएका कामीको शव बुधबार प्रहरीले फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय आठविसकोटबाट प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उक्त शव फेला पारेको हो । शव भिरबाट करिब सात सय मिटर तल रहेको थियो ।

मृतक हिरे कामी स्थानीय मनरुप टमाटा र लटे कामीको साथमा ढुङगा खानीमा काम गर्न जानुभएको थियो । ढुङगा निकालेर बिक्रि गर्ने उहाँको व्यवसाय नै रहेको प्रहरीले जनाएको छ । प्रहरीले डोरीको सहायताले शव निकालेको थियो ।

शव पोष्ट मार्फटका लागि जिल्ला अस्पताल सल्ले ल्याईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्