Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अवैध अफिमको खेती गर्ने व्यक्ति कारागार चलान

२०८० जेठ २४
tribeni2

रुकुम पूर्व / अवैध लागू औषध (अफिम) को खेती गर्ने कार्यमा संलग्न एक जनालाई कारागार चलान गरिएको छ ।

अवैध लागू औषध (अफिम) खेती सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका रुकुम पूर्वको भुमे गाउापालिका वडा नम्वर ९ दुधेपोखरा निवासी ४१ वर्षिय कर्ण बहादुर पुनलाई पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

पुनलाई गत चैत २७ गते प्रहरीको गस्ती टोलीले अफिम (चोप) निकाल्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बताउनुभयो । पुनले आफ्नै एक रोपनी जग्गामा अवैध अफिम खेति गरेका थिए ।

पक्राउ परेका पुनलाई कानून बमोजिम रुकुमकोट जिल्ला अदालत पेश गरिएकोमा अदालतको आदेश बमोजिम पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक खत्रीले जनाउनुभयो ।

अदालतले हिजो जेठ २३ गते पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो । बुधबार पुनलाई रुकुम पश्चिमस्थित कारागारमा चलान गरिएको हो । 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्