Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा ५१ जना सवारी चालकहरुको स्वास्थ्य परीक्षण

२२ जनामा उच्च रक्तचाप र १३ जनामा आँखा सम्बन्धी समस्या
२०८० जेठ २४
tribeni2

रुकुम पूर्वमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वको संयुक्त आयोजना तथा जिल्ला अस्पताल र आँखा अस्पताल रुकुम पूर्वको सहयोगमा बिभिन्न सवारी चालकहरुलाई स्वास्थ्य परीक्षण गरिएको हो ।

बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सन्दिप बि.क.ले जानकारी दिनुभयो ।

सवारी चालकहरुको आँखा तथा ब्लड प्रेसर परीक्षण कार्यक्रममा ५१ जना सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । परिक्षणका क्रममा २२ जना चालकहरुलाई उच्च रक्तचाप तथा १३ जना लाई आँखा सम्बन्धि सामान्य समस्या देखिएको बताईएको छ ।

समस्या देखिएकाहरुलाई आँखा अस्पतालले औषधीको व्यवस्था गरेको छ । समस्या देखिएकाहरुमा ठूलो समस्या नभएका कारण औषधी मात्र वितरण गरिएको छ ।

यसैबिच स्वास्थ्य परिक्षण कार्यक्रमका प्रमुख अतिथी एवम प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले मानिसको स्वास्थ्यसँग जेडिएको हुदा यस कार्यक्रमको भरपुर उपयोग गर्न आग्रह गर्नुभयो । एक जना सवारी चालकसँग अन्य मानिसहरु पनि रहने हुदा ति सबैको सुरक्षाका लागि चालक स्वस्थ रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

स्वास्थ्य परिक्षणसँगै चालकहरुको आहार बिहारमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा प्रजिअ शर्माले उपस्थित सबै चालकहरुमा आग्रह गर्नुभयो ।

ट्राफिक कार्यालयले अहिले सवारी चेकजाँचलाई पनि कडाई गरेको छ । ससाना लापरबाहीले गर्दा नै दुर्घटनाको जोखिम बढ्ने हुदा नियम विपरित चलाईएका सवारी साधनहरुलाई कडाई गरिदै आएको ट्राफिक प्रमुख बि.क.को भनाई छ ।

प्रमुख जिल्ला अधिकारी शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक अञ्जना श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण ट्राफिक प्रमुख सन्दिप बि.क.ले गर्नुभएको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्