Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बालुवा, गिट्टी लिन गएका चालक भेरी नदिमा बेपत्ता

tribeni2

रुकुम पश्चिम / भेरी नदिमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएका छन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -२ रानिसागर स्थित भेरी नदिमा डुबेर एक जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय चौरजहारीका अनुसार बेपत्ता हुनेमा दाङको घोराही उप महानगरपालिका -१३ निवासी २६ बर्षिय बसन्त बुढा रहेका छन् । बुधबार दिउँसो नदिमा पौडी खेल्ने क्रममा बुढा बेपत्ता भएका हुन ।

मध्यपहाडी राजमार्गमा नाली निर्माणको जिम्मा लिएको सिस्ने हिमाल डिलक्स प्रालीको कामको लागि बालुवा, गिट्टी लिन बुढा भेरी नदि गएका थिए । उनी निर्माण कम्पनीको रा १ ख २५११ नम्बरको टिप्परको चालक हुन् ।

उनको साथमा गएका सह-चालक हिमाल केसीले चालक बुढा पौडी खेल्ने क्रममा बेपत्ता भएको भनी प्रहरीलाई सूचना दिएका थिए । सूचना पाउन साथ घटनास्थल पुगेको प्रहरी टोलीले बेपत्ता बुढाको खोजी कार्य तीब्र पारेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्