Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आगजनीले पोखरी पातल सामुदायीक वन पुर्ण रुपमा क्षति

वडा सरकारको अग्रसरतामा आगो नियन्त्रणमा
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३ को पोखरी पातल सामुदायीक वनमा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको छ ।

बुधबार दिउँसो भएको आगलागीको कारण सामुदायीक वनमा क्षति भएको हो । बिहान ११ बजेबाट उक्त वनमा आगो लागेको थियो ।

आगलानी नियन्त्रणको लागि मुसिकोट नगरपालिका वडा नम्वर १२ को कार्यालयले विभिन्न निकायसँग समन्वय गरेको वडा अध्यक्ष धिरन सिर्पालीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयले विपद व्यवस्थापनको लागि वन डिभिजन कार्यालय र प्रहरी कार्यालयसँग समन्वय गरेर आगलागी नियन्त्रणमा लिईएको हो ।

आगलागी नियन्त्रणमा वन कार्यालयका कर्मचारी, प्रहरी चौकी सोलावाङ र प्रहरी चौकी छिवाङको टोलीले घटनास्थलमा खटिएको थियो । दिनभरको प्रयासपछि आगो नियन्त्रणमा आएकाे बताईएको छ ।

समयमै घटनास्थलमा पुगेको कारण वन क्षेत्रमा ठुलो क्षति हुनबाट जोगाउन सफल भएको वडा अध्यक्ष सिर्पालीले बताउनुभयो । वडाको समन्वयको कारण पोखरीपातल वनसँगै सिमाना जोडिएको मुसिकोट १२ को हात्तीसार वन आगलागी हुनबाट जोगिएको छ । गत वर्ष भने उक्त क्षेत्रमा आगलागी भएको थियो ।

वडा अध्यक्ष सिर्पालीले जथाभावी वन क्षेत्रमा आगलागी नलगाउन र वन क्षेत्र जोगाउन उपभोक्ताहरु पनि सक्रिय हुन अनुरोध गर्नुभयो ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्