Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नागरिकताको महत्वसँगै नागरिक कर्तव्य सिकाउँदै प्रशासन

tribeni2

रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले नागरिकता बनाउन आएका सेवाग्राहिहरुलाई नागरिकताको महत्व र नागरिकको कर्तव्य बारेमा जानकारी दिने गरेको छ ।

नागरिकताको महत्व, नागरिकका कर्तव्य र दायित्वबारे नागरिकलाई सूसुचित गराउने उद्धेश्यले ‘नागरिक सचेतना अभियान’ सञ्चालन गरेर प्रशासन कार्यालयले गरेर नयाँ नागरिकता र प्रतिलिपि प्राप्त गरेकाहरु सेवाग्राहिहरुलाई उक्त जानकारी दिन थालेको हो ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले सचेत नागरिक बन्न प्रेरित गर्नको लागि नागरिकता वितरणसँगै नागरिकताको महत्व, सचेत नागरिकको कर्तव्य र दायीत्व बारेमा जानकारी दिन थालिएको बताउनुभयो ।

नागरिकता बनाउन आएका सेवाग्राहिहरुलाई लक्षित गरेर यस्तो कार्यक्रम सञ्चालन गरिएको हो । हरेक साताको बुधबार यस्तो जानकारी दिने गरिएको छ ।

अभियानमा राष्ट्रप्रती निष्ठावान भएर मुलुकुको राष्ट्रियता, सावैभौमसत्ता र अखण्डताको रक्षा गर्न नागरिकको मुलभूत कर्तव्य भएको जानकारी गराईएको छ ।

त्यसैगरी संविधानको पालना गर्न, राज्यको चाहेको बखतमा सेवा गर्न, सार्वजनिक सम्पत्तिको सुरुक्षा र संरक्षण गर्न नागरिकको कर्तव्य भएको कुरा उक्त अभियानको क्रममा सिकाईएको छ । यसका साथै प्रचलित कानून बमोजिमका नागरिकका कर्तव्य तथा अधिकारको बारेमा समेत जानकारी गराउने गरिएको छ ।

यस कार्यक्रकले नागरिकले राष्ट्रप्रती खेल्नुपर्ने भूमिकाको बारेमा सहज बनाउने काम भएको बताईएको छ । प्रजिअ पन्तका अनुसार उक्त अभियानको क्रममा नेपालको संविधानको धारा ४८ बमोजिम नागरिकका कर्तव्यहरु जानकारी दिने गरिएको छ । सेवाग्राहिहरुलाई उक्त धारामा उल्लेखित व्यवस्थाहरुहरुको एकप्रति समेत उपलब्ध गराउने गरिएको छ ।

नागरिकता प्राप्त गरेका सानीभेरी गाउँपालिका ११ का मिनराज बुढाथोकीले नागरिकता दिएसँगै प्रशासन कार्यालयले यसको महत्व बुझाएको बताउनुभयो । उहाँले यस कार्यले आफुलाई थप जिम्मेवार बन्न प्रेरित गरेको जनाउनुभयो ।

नेपालको कानूनको पालना, एउटा सक्षम र जिम्मेवार नागरिक बन्न नागरिक सचेतना अभियानले महत्वपूर्ण जानकारी दिएको उहाँको भनाई रहेको छ ।

साताको हरेक बुधबारको दिन उक्त कार्यक्रम गर्ने गरेर सुरुवात गरिएतापनि हरेक दिन उक्त जानकारी दिन माग आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयबाट दैनिक ४० बढी नयाँ र प्रतिलिपी सहितका नागरिकता वितरण हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्