सोसल मिडिया
रुकुम पश्चिम / नेकपा (एमाले) निकट बिद्यार्थी संगठन अनेरास्ववियु रुकुम पश्चिमले जिल्ला संयोजक र नगर तथा गाउँपालिका ईन्चार्जहरु चयन गरेकाे छ ।
बिहिबार मुसिकोटस्थित एमाले पार्टी कार्यालय बागबजारमा बसेको अनेरास्ववियु जिल्ला कमिटी बैठकले जिल्ला संयोजकमा प्रेम के.सी. लाई चयन गरेको छ ।
अनेरास्ववियुका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज प्रकाश खड्काका अनुसार केसीलाई जिल्ला संयोजकको जिम्मेवारी दिईएको छ भने जिल्लाका सबै पालिकाहरुमा ईन्चार्ज तोकिएको छ ।
जसअनुसार मुसिकोट नगरपालिको ईन्चार्जमा दिपिका केसी, चौरजहारी नगरपालिकाको ईन्चार्जमा बिरेन्द्र आचार्य र आठबिसकोट नगरपालिकाको ईन्चार्जमा हरि प्रसाद शर्मा कपिललाई जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी सानीभेरी गाउँपालिका ईन्चार्जमा नर बहादुर खड्का, बाँफिकोट गाउँपालिका ईन्चार्जमा दिपक के.सी र त्रिवेणी गाउँपालिकाको ईन्चार्जमा खगेन्द्र ओलीलाई चयन गरिएको जिल्ला ईन्चार्ज खड्काले बताउनुभयो ।
उहाँका अनुसार बैठकले जिल्लाका सबै माध्यमिक तथा उच्च माध्यामिक स्तरका बिद्यालयहरुमा संगठन निर्माण गर्ने र सबै स्थानीय तहहरुमा संगठनको अधिवेशन असार १५ गते भित्र गरिसक्ने निर्णय भएको छ ।
जिल्ला संयोजक प्रेम के.सी.को अध्यक्षमा बसेको उक्त बैठकमा नेकपा एमाले रुकुम पश्चिमका जिल्ला अध्यक्ष नन्दराम देवकोटाको प्रमुख आथित्यता रहेको थियो ।