Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटको कुदुमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

tribeni2

जाजरकोटको भेरी नगरपालिका -१३ कुदुमा दुई बालकको मृत्यु भएको छ ।

शुक्रबार कुदु गाउँमा रहेको पानी पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो ।

पोखरीमा डुबेर मृत्यु हुनेमा नेकपा एमाले जाजरकोटका उपसचिव तथा जिल्ला खेलकुद विकाश समिती जाजरकोटका अध्यक्ष नर बहादुर बस्नेतका ८ वर्षिय छोरा पाण्डव बस्नेत र सोही वडा निवासी टिकाराम बस्नेतका ९ वर्षिय छोरा प्रमोद बस्नेत रहेको प्रहरीले जनाएको छ ।

गर्मीको कारण गाउँमा रहेको पोखरीमा पौडि खेल्ने गएका उनीहरु डुबेर मृत्यु भएको आफन्तजनले जनाएका छन् ।

दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका र सोही क्रममा डुवेर निधन भएको हो । सो पोखरी खानेपानी तथा सिंचाइका लागि निर्माण गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्