Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमकोट उद्योग बाणिज्य संघमा नयाँ कार्यसमिति, अध्यक्षमा केबेन्द्र गौतम

२०८० जेठ २६
tribeni2

रुकुम पूर्व / रुकुमकोट उद्योग बाणिज्य संघ रुकुम पूर्वले नयाँ कार्यसमिति चयन गरेको छ ।

आज रुकुमकोटमा सम्पन्न भएको दोस्रो अधिबेशनबाट केबेन्द्र गौतमको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरिएको छ । जसको उपाध्यक्षमा भरत बुढामगर र पंच बहादुर बोहोरा र महासचिबमा दिल बहादुर के.सी. लाई चयन गरिएको छ ।

यस्तै सचिबमा चेत कुमार बि सी, कोषाध्यक्षमा जयबहादुर बुढालाई चयन गरिएको छ । सदस्यहरुमा शरद मंगल वली, जवरलाल पुन, शशिराम बुढा र रामकुमार बि क रहनुभएको छ ।

२ जनालाई अध्यक्षले नै मनोनयन गर्ने गरी १५ सदस्यीय कार्य समिति निर्माण गरिएको छ । जसमा निवर्तमान अध्यक्ष पनि सदस्य रहने अध्यक्ष गौतमले जानकरी दिनुभयो ।

जिल्लामा बिभिन्न व्यापार व्यवसाय संचालन गर्दै आईरहेका व्यापारीहरुको हक हितका निमित्त काम गर्ने उद्धेश्यले निर्माण भएको यस कार्य समितिले व्यापार व्यवसायको बारेमा व्यापारीहरुको अधिकारका लागि वकालत गर्दै व्यवसाय सुदृढका निमित्त मद्धत गर्ने अध्यक्ष गौतमको भनाई छ । अध्यक्ष गौतमले व्यापार व्यवसायका निमित्त उद्योग बाणिज्य संघले गर्नुपर्ने कुनै पनि काम बिनाहिचकिचावट गर्ने बताउनुभयो ।

रुकुमकोट उद्योग बाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्लको अध्यक्षतामा भएको दोस्रो अधिबेशनमा जिल्ला समन्वय समितिका उपप्रमुख मोहोन के सीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको बिशेष आतिथ्यता रहेको कार्यक्रममा सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, व्यापारीहरु लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  २२:०६
प्रतिक्रिया दिनुहोस्