Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेकपा एमाले त्रिवेणीको अध्यक्षमा बिष्ट

tribeni2

रुकुम पश्चिम / नेकपा एमाले त्रिवेणी गाउँपालिका रुकुम पश्चिमको दोश्रो गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको छ ।

शनिबार भएको अधिवेशनबाट यज्ञबहादुर बिष्टको अध्यक्षतामा १३ सदस्यीय गाउँ कमिटी चयन भएको हो ।

गाउँ कमिटिको उपाध्यक्षमा नरबहादुर खड्का, सचिवमा खडकबहादुर पुन र उपसचिवमा गोपालजङ्ग बिष्ट र पुष्पा ओली सर्वसम्मत निर्वाचित हुनुभएको नेकपा एमाले रुकुम पश्चिमका कार्यालय सचिव भिमराज ओलीले जानकारी दिनुभयो ।

एमालेका कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य नारायणकुमार शाहको प्रमुख आथित्यतामा भएको अधिवेशनमा जिल्ला अध्यक्ष नन्दराम देवकोटा, प्रदेश कमिटी सदस्य टंकप्रसाद ओलि, प्रदेश कमिटी शिक्षा विभाग सदस्य हरिविष्णु ओली, जिल्ला कमिटि उपसचिव अधिवक्ता रचना मल्ल, निर्वाचन क्षेत्रीय समन्वय कमिटी संयोजक मिश्रीलाल पुन, कार्यालय सचिव भिमराज ओली लगायतको आतिथ्यता रहेको थियो ।

डिल्लि बहादुर ओलीको अध्यक्षतामा भएको अधिवेशनको सञ्चालन सचिव खड्कबहादुर पुनले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्