Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्थापना दिवसको अवसरमा निशुल्क औषधि वितरण

सोमबार, जेठ २९, २०८०
tribeni2

रुकुम पश्चिम  । नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघको स्थापना दिवसको अवसरमा रुकुम पश्चिममा औषधि वितरण गरिएको छ । 

संघको आठौ स्थापना दिवस मनाउने क्रममा जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर १२,१३ र १४ मा रहेका पशुपालक किसानहरुको घरमै पुगेर निशुल्क औषधि वितरण गरिएको हो । जेठ २६ गते स्थापना दिवस रहेको थियो । 

संघको स्थापना दिवसको अवसरमा तीन वडाका पाँच सय बढी बाख्रा र पचास बढी भैसीलाई पुग्ने औषधि वितरण गरिएको नेपाल पशु स्वास्थ्य सेवा  प्राबिधिक संघका केन्द्रिय सदस्य कमल के।सी।ले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडा नम्वर १२ का १३ जना पशुपालक किसानको घरमै पुगेर २६६ वटा बाख्रा र ३१ वटा भैसीको लागि निशुल्क औषधि दिईएको छ भने कालो खोला बाख्रापालन फर्ममा रहेका १०२ वटा बाख्रा र मौराखारा बाख्रा पालन फर्ममा रहेका १६४ वटा बाख्राका लागि औषधि वितरण गरिएको छ । 

त्यसैगरी वडा नम्वर १३ मा रहेको प्रगतिशिल बाख्रा पालन फर्मका १२० वटा बाख्राका लागि औषधि उपलब्ध गराईएको छ । वडा नम्वर १४ मा भने २१ वटा भैसीको लागि औषधि वितरण गरिएो केसीले बताउनुभयो । 

किसानहरुलाई पशु बिरामी हुँदा आवश्यक पर्ने औषधिहरु हिमालय बत्तिसा, जुकाको औषधि, भिटामिनहरु, लम्पी स्किनको लागि आवश्यक औषधि लगायतका एन्टिबायोटिक वितरण गरिएको हो । 

नेपाल विद्यार्थी संघका जिल्ला सचिव बसन्त चन्द सहितको उपस्थितिमा किसानको घरदैला र फर्ममै गएर निशुल्क औषधि वितरण गरिएको केन्द्रिय सदस्य केसीले उल्लेख गर्नुभयो ।
 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्