तामाङ समुदाय र मखुन्डो

काठ खोपेर कमाएको पैसामा सन्तुष्टि

लक्ष्मी पौडेल, काठमाडौं १० भदौ ।

भक्तपुरको चाँगुनाराण मन्दिरको पहिलो प्रवेशद्धार छिरेपछि विभिन्न कलात्मक सामाग्रीहरुका पसल सुरु हुन्छन् । ढुंगा छापिएका सिढिं उक्लिएर मन्दिर पुग्नुभन्दा थोरै अघि बाटो छेउका पसलका भित्ताका काठबाट बनाईएका देवि देवताका मुखडा अर्थात मुर्तिहरु सजाईएका देख्न पाईन्छ । बाटोका दुवै तर्फ मुर्ती सजाइएको मात्र छैन्, पसल भित्रबाट केही ठोकठाक गरिरहेको आवाज बाटा हिँड्नेले प्रष्ट सुन्न सक्छन् ।

मन्दिर उक्लदै गर्दा बाँया तर्फको एउटा पसलमा छिरें । असरल्ल छरिएका काठका टुक्राबिचमा एउटा काठमा आकृती भर्दै थिए - सिन्धुपाल्चोकका फुर्पा लामा ।

करिब १७ वर्ष अगाडी एसएलसी दिएर क्याम्पस पढ्न काठमाडौं छिरेका फुर्पाको मन पुर्खाले गरिरहेको काम भएका कारण काष्ठकलामा गयो । पढ्दा पढ्दै काठका आकृती बनाउने नशाले छोयो । फुर्पाको क्याम्पस छुट्यो । अहिले फुर्पा यही चाँगुनारायण मन्दिर परिसरमा काठमा मुर्ति कुँदिरहेका भेटिन्छन् । 'यो काम गर्न थालेकै १६/१७ वर्ष भयो, पढाई त यतै लागेर छुटाईयो, तर पछुतो छैन ।' कामको कुरा कोट्याउँदा फुर्पाले पढाई सम्झे ।

फुर्पाले यसरी काठमा खर्चेको श्रमले राम्रै आम्दानी दिएको छ । उनी महिनामा कम्तीमा ६० देखि ७० हजार कमाउँछन् । विदेशी पर्यटकले अर्डर गरे भने अर्डर अनुसारको काष्ठकलामा अझै राम्रो आम्दानी हुन्छ । उनलाई आफ्ना उमेरका युवा विदेशिएको कुराले पिर परेको छ, 'नपढे पनि सिप छ, ६०/७० हजार कमाकै छु किन जान पर्‍यो विदेश । गर्न सके यही कमाईले पुगीहाल्छ । घर परिवार पालेकै छु । छोराछोरीको पढाई खर्च पुगेकै छ ।  रहरले गरेको काम हो अब कर छ तर खुशी छु ।' काम र कमाइको सन्तुष्टिबारे सोध्दा उनले भने ।

फुर्पा संगै छन् २५ वर्षका विनोद तामाङ् । दोलखाका उनी पनि पढ्नलाई नै काठमाडौं छिरेका हुन् । तर उनी पनि यतै लागे ७/८ वर्षदेखी उनको व्यस्तता काठका मुर्ति बनाउनमै छ ।

तामाङ र फुर्पाको पसल छोडेर अलि माथी पुगें, मन्दिर भेटिनै लाग्दा बायाँ तर्फको पसलमा धनबहादुर मोक्तान उस्तै व्यस्त छ्न् । भगवान गणेशको आकृती बनाउँदै थिए उनी । स्कुल पढ्दादेखी बावुबाजेले गरेको देखेर नै सिकेका हुन्, धनबहादुरले । ४५ वर्षका धनबहादुरको ६ जनाको घरपरिवार धान्ने गज्जबको पेशा यही हो । लहरे पिपल र उतिशको काठबाट धनबहादुरले हिन्दु धर्म र बौद्ध धर्म संग जोडिएका भगवानका आकृतीहरु बनाउछन् ।

एउटा आकृतीको मुल्य न्युनतम १५ सय बाट सुरु हुन्छ । अर्डर अनुसार एउटै आकृतीमा हजार होईन लाख पनि कमाउन सकिन्छ । 'मुल्य हेरी हेरी हुन्छ । कच्चा सामान सस्तै हुन्छ । काठ सजिलै पाइन्छ,  हामी आफैले बनाएको साधारण मुखडालाई १५ सय देखी सुरु भएर १०, १२ हजारमा बेच्न सकिन्छ तर विदेशीको अर्डर र प्रर्दशनीका लागि बनाईएको मा भने जती पनि कमाउन सकिन्छ । तर मेहेनत धेरै पर्छ अर्डर अनुसार कला भर्न र सजाउन पर्छ ।'

बिशेषत तामाङ्ग जातिमा भैरव, बुद्ध, राक्षस तथा देविहरुका मुर्ति बनाउनु पुर्ख्यौली पेशा हो । नेपालका पुराना र ऐतिहासिक तथा विश्व सम्पदा क्षेत्रमा यसरी काठका मुर्ति बनाएर बेच्नेहरुले आफ्नो आम्दानी मात्रै नभइ सिप र मुलुकको सांस्कृतीक पहिचानलाई विश्व समुदायमा पुर्‍याएको ठान्छन् उनीहरु । आर्थीक रुपमा हुने आम्दानी बाहेक यसरी सिप बेचेर बाँचेकाहरुले पुर्ख्यौली पहिचानलाई पनि जोगाईराखेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  ०९:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बागेश्वरी मन्दिरमा दुईसय बढीले जिब्रो छेडे
लक्ष्मी पौडेल, काठमाडौं १० भदौ ।

आज टीका लगाउने शुभसाइत बिहान ११:३६ बजे
लक्ष्मी पौडेल, काठमाडौं १० भदौ ।

यस्तो छ बडादशैंको शुभसाइत
लक्ष्मी पौडेल, काठमाडौं १० भदौ ।