Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : लम्पी स्किन रोगबाट ४४० चौपायाको मृत्यु, १७ हजार बढी संक्रमित

त्रिवेणीमा सबैभन्दा बढी चौपायाको मृत्यु, सानीभेरीमा बढी संक्रमित 
सोमबार, जेठ २९, २०८०
tribeni2

रुकुम पश्चिम । गत फागुन दोश्रो साताबाट फैलिएको लम्पी स्किन रोगको कारण रुकुम पश्चिममा ४४० पशुचौपायको मृत्यु भएको छ भने १७ हजार २१४ वटा पशुचौपाया संक्रमित भएका छन् । 

पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमको तथ्यांक अनुसार जिल्लाका सबै स्थानीय तहमा उक्त रोगको कारण पशुचौपाया मरेका छन् ।

कार्यालयका निमित्त प्रमुख ज्ञानु कुमार शर्माका अनुसार लम्पी स्किन रोगको कारण सबैभन्दा बढी त्रिवेणी गाउँपालिकामा पशुचौपायहरु मरेका छन् । त्रिवेणी गाउँपालिकामा ११२ वटा गाई/गोरु र दुई वटा भैसी गरेर ११४ वटा पशु चौपाया मरेको बताईएको छ । त्यसैगरी यहाँ एक हजार ७९४ वटा गाई/गोरु र ११ वटा भैसी गरेर एक हजार ८०५ वटा पशुचौपायामा लम्पी स्किनको संक्रमण देखा परेको छ । 

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार मुसिकोट नगरपालिकामा १०२ वटा गाई/गोरु र ६ वटा भैसी मरेका छन् भने एक हजार १८९ वटा गाई/गोरुर २३ वटा भैसीमा संक्रमण भएको छ ।

त्यसैगरी जिल्लाको चौरजहारी नगरपालिकामा ९२ वटा गाईगोरु मरेका छन् भने तीन हजार नौ सय गाई/गोरु र ६२ वटा भैसीमा संक्रमण देदा परेको छ । 

जिल्लाको सानीभेरी गाउँपालिकामा ६१ वटा गाई/गोरु मरेका छन् भने सात हजार ३७५ गाई/गोरु र १३ वटा भैसी गरेर सात हजार ३८८ वटा पशुचौपाया संक्रमित भएका छन् । संक्रमणको हिसाबले हालसम्म लम्पी स्किन रोगबाट सवै भन्दा बढि प्रभावित सानीभेरी गाउँपालिका भएको छ । 

त्यसैगरी आठविसकोट नगरपालिका क्षेत्रमा ५७ वटा गाई/गोरु र एक वटा भैसीको मृत्यु भएको छ भने एक हजार ८६९ गाई/गोरु र २४ वटा भैसीमा लम्पी स्किन रोग देखा परेको छ ।

बाँफिकोट गाउँपालिकामा १६ वटा गाई/गोरुको मृत्यु भएको छ भने ९५० गाई/गोरु र चार वटा भैसीमा संक्रमण देखा परेको पशु अस्पताल तथा पशु सेवा कार्यालयको तथ्यांकमा रहेको छ । 

कार्यालयले सबै स्थानीय तहका पशु सेवा शाखाहरुसँगको समन्वयमा रोग नियन्त्रणका लागि खोप लगाउने काम गरिरहेको छ ।

खेतीबाली लगाउने बेलामा बढी मात्रामा गोरुहरु मरेका छन् । जसको कारण किसानलाई ठुलो क्षति भएको छ । लम्पि स्किन सरुवा रोग भएको र यसका बिरुद्ध औषधि तयार नभएकोले अझै क्षति हुन सक्ने बताईएको छ ।  

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्