Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डिआईजी ढकालको निर्देशन : ‘सङलो मनले काम गरौं, सत्कर्म नछोडौं’

‘प्रहरी आफैमा समस्या हुनुहुदैन’
मंगलबार, जेठ ३०, २०८०
tribeni2

रुकुम पश्चिम । नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक (डिआईजी) भिम प्रसाद ढकालले जनताको सेवा सङलो मनले गर्नुपर्ने बताउनुभएको छ । सचेतपूर्वक सङलो मनका साथ काम गर्दा धमिलो परिणाम नआउने भएकोले सत्कर्म नछोड्न उहाँले निर्देशन गर्नुभयो । 

निरिक्षण तथा निर्देशनको क्रममा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम पुग्नुभएका डिआईजी ढकालले प्रहरी आफैमा समस्या हुन नहुने समेत बताउनुभयो । कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी ढकालले राम्रो कामको फल राम्रै हुने भएकोले प्रहरीले असल नियतका साथ काम गर्नुपर्ने बताउनुभयो । 

निर्देशनका क्रममा उहाँले प्रहरीको जिम्मेवारी अरु भन्दा महत्वपूर्ण भएकोले ईमान्दार र व्यवसायीक हुनुपर्ने जनाउनुभयो । समाजमा गर्नै नहुने कुरा रोक्ने जिम्मेवारी प्रहरीको भएकोले कानूनको कार्यान्वयनमा सक्रिय हुनुपर्ने उहाँको भनाई रहेको छ । 

प्रविधिले फड्को मारेको वर्तमान अवस्थामा प्रहरी चनाखो र सजक हुनुपर्ने उहाँले बताउनुभयो । प्रहरी डिजिटल भिडको सिकार हुन नहुने भन्दै उहाँले आफ्नो जिम्मेवारी भन्दा दाँयाबाँया सोच्न नहुने जनाउनुभयो ।

प्रहरीको योग्यता भनेकै पेशागत दक्षता भएकोले पेशागत आचरण र अनुशासनमा कम्परमाईज गर्न नहुने डिआईजि ढकालले बताउनुभयो । निर्देशनका क्रममा उहाँले प्रहरीको कसैको बुख्याचा हुन नहुने उल्लेख गर्नुभयो । 

डिआईजी ढकालले प्रहरीका सिपाही र हवल्दार फ्रन्ट लाईनमा काम गर्ने नेपाल प्रहरीको मेरुदण्ड भएको भन्दै प्रेरित गर्नुभयो ।

प्रहरीले विभागको नीति, निर्देशनको पूर्णपालना गर्नुपर्ने र दुईटा ढुङगामा खुट्टा राख्न नहुने उहाँको भनाई रहेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्