Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा ५५ थान वेवारिसे काठ बरामद

मंगलबार, जेठ ३०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा ५५ थान वेवारिसे काठ बरामद गरिएको छ । 

डिभिजन वन कार्यालय रुकुम पश्चिमले सोमबार मुसिकोट नगरपालिका वडा नम्वर २ को घ्युखोाला नजिकबाट वेवारिसे अवस्थामा रहेका ५५ थान गोलिया र चिरान काठ बरामद गरेको हो । 

कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार डिभिजन वन कार्यालय रुकुम पश्चिम अन्तरगत मुसिकोट सब डिभिजन वन कार्यालयको क्षेत्रमा वेवारिसे अवस्थामा रहेका काठ बरामद गरिएको हो ।

वेवारिसे अवस्थामा रहेको टुनी जातको १५ थान गोलिया काठ र ४० थान चिरान काठ वरामद गरिएको कार्यालय प्रमुख परियारले जानकारी दिनुभयो ।
बरामद गरिएको काठ डिभिजन वन कार्यालयमा ल्याईएको छ ।

वेवारिसे अवस्थामा रहेका काठको हकदावीको लागि ३० दिने सूचना आह्वान गरिने र कोहि पनि सम्पर्कमा नआएमा लिलाम प्रक्रियामा लगिने वन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्