सोसल मिडिया
रुकुम पश्चिम । नेपाली काँग्रेस चौरजहारी नगर कार्यसमितिको आयोजनामा मंगलबार वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको वडा नम्वर ४ मा रहेको पर्यटकिय तथा धार्मिक क्षेत्र समेत रहेको मालिकामा वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको हो।
नेपाली काँग्रेस चौरजहारीका सभापति प्रेम बहादुर ओलीका अनुसार कार्यकर्ताहरुसँगको भेटघाट तथा छलफल र पर्यटकिय स्थलको प्रचारका लागि मालिकामा वनभोज आयोजना गरिएको हो ।
वनभोजमा स्थानीय स्तरका एक सय बढी पार्टीका कार्यकर्ताहरुो सहभागिता रहेको बताईएको छ । वनभोज कार्यक्रमलाई कार्यकर्ता बिचको अन्तरसंवाद र आगामी कामहरुको बारेमा प्रेरित गर्ने अवसरका रुपमा उपयोग गरिएको नगर सभापति ओलीले बताउनुभयो ।
सो अवसरमा स्थानीय सरकारले गरिरहेका कामहरुको बारेमा समेत छलफल भएको थियो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस रुकुम पश्चिमका जिल्ला सभापति प्रेम प्रकाश ओली, महासमिति सदस्य तिलक भण्डारी, वडा सभापतीहरु लगायतको सहभागिता रहेको नगर सचिव लक्ष्मण ओलीले जानकारी दिनुभयो ।