Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा करिब १०५ रोपनी क्षेत्रफलमा लगाईएको अफिम फडानी

बुधबार, जेठ ३१, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले ठुलो मात्रामा लगाईएको अवैध अफिम खेती फडानी गरेको छ ।

आर्थिक वर्ष ०७९/८० को साउन देखि २०८० काे असार अन्तिमसम्म १०४.५६ रोपनी क्षेत्रफलमा लगाईएको अवैध अफिम नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार विभिन्न समयमा जिल्लाको आठविसकोट नगरपालिका -१ को उबाखोला, वडानम्वर -२ को पहाडा र स्याला, वडानम्वर -३ पाटागाउ र कालोजुरा, वडानम्वर -१३ को १३ हाम्फा, सानोभेरी गाउँपालिका -७ को फुक्रु र मुसिकोट नगरपालिका -१० को ठुलो पोखर लगायतका क्षेत्रमा लगाईएको अफिम खेती नष्ट गरिएको हो ।

सूचना अधिकारी प्रहरी निरीक्षक खड्काले अवैध अफिम फडानीको लागी  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले अभियान नै संचालन गरी नष्ट गरेको बताउनुभयो ।  

अबैध अफिम खेती गर्ने व्यक्तिहरुको खोजतलास भईरहेको प्रहरीको भनाई रहेको छ । अफिम खेती गर्ने व्यक्तिलाई बढीमा तीन बर्ष देखी १० बर्षसम्म कैद र २५ हजार देखी २ लाख रुपैयासम्म जरिवाना हुने भएकाले अफिम खेती नगर्न तथा नगराउन जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले अनुरोध गरेको छ । 

WhatsApp Image 2023-06-14 at 10.15.06 AM (1)1686717404.jpeg

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्