Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खारा ब्यारेक परिसरमा भेटिएको 'एट्टीवान' बम डिस्फोज

बिहीबार, जेठ ३२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ६ खारामा रहेको नेपाली सेनाको ब्यारेक परिसरमा फेला परेको बम डिस्फोज गरिएको छ । 

खारास्थित नेपाली सेनाको चण्डिदल गुल्म परिसर सरसफाई गर्ने क्रममा बिहिबार बिहान एट्टीवान बमको एक वटा सेल फेला परेको थियो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले दिनुभएको जानकारी अनुसार सेनाको कार्यालय पेरिमिटरमा फेला परेको बम नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । 

बम विगतको सशस्त्र जनयुद्धको क्रममा छोडिएको हुन सक्ने आशंका गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  २१:४९
प्रतिक्रिया दिनुहोस्