Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा सञ्चालित विभिन्न आयोजनाहरुको अनुगमन

बिहीबार, जेठ ३२, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्लाको चौरजहारी नगरपालिका क्षेत्रमा सञ्चालित विभिन्न आयोजनाहरुको संयुक्त अनुगमन गरिएको छ । 

चौरजहारी नगरपालिका र पूर्वाधार विकास कार्यालयबाट सञ्चालित आयोजनाहरुको अनुगमन गरिएको हो । 

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालका अनुसार नगरपालिका मार्फत सञ्चालित हिमालय माध्यमिक विद्यालय खोलागाउँको विज्ञान प्रयोगशाला भवन निर्माण योजना, वडा नम्वर ११ को वडा कार्यालय भवन निर्माण योजना अनुगमन गरिएको हो ।

त्यसैगरी शहीद स्मृति नगर अस्पताल खोलागाउँको सेवाप्रवाह तथा व्यवस्थापकीय पक्षको अनुगमन गरिनुका साथै मालिका पर्यटन पूर्वाधार निर्माण योजना र चौरजहारी नगरपालिका ५ को शहीद स्मृति पार्क निर्माण योजना अनुगमन गरिएको छ ।  

अनुगमन टोलीले पूर्वाधार विकास कार्यालयबाट सञ्चालित सहिद पार्कहरूको साथै शान्तिबजारदेखि चौफाबजारसम्मको सडक कालोपत्रे योजनाको पनि अनुगमन गरेको छ । 

जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम, उपप्रमुख देबहादुर बि.क., चौरजहारी नगरपालिका उपप्रमुख ईश्वरीकुमारी शर्मा,  प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल, पूर्वाधार विकास कार्यालय प्रमुख रुप बहादुर रावल, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण के.सी. लगायतको टोलीले अनुगमन गरेको बताईएको छ । 

अनुगमन टोलीले अनुगमनका क्रममा प्राप्त सबल पक्षहरूको प्रशंसा गर्दै सुधार गर्नुपर्ने पक्षहरू औल्याउदै सच्याउन निर्देशन दिएको बताईएको छ । 

विकासमा गुणस्तर कायमको चुनौती रहेकोले अनुगमन टोलीले संयुक्त अनुगमनलाई नियमित र सशक्त रुपमा प्रभावकारी बनाउने योजना बनाएर कार्यान्वयनमा लिएको चौरजहारी नगरपालिकाका उप प्रमुख ईश्वरी कुमारी शर्माले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  २२:०४
प्रतिक्रिया दिनुहोस्