Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्व.चन्द्र खड्का स्मृति छात्रबृत्ति ज्ञानोदय माविकी दिपालाई प्रदान

शुक्रबार, असार १, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुमेली वन प्राविधिक समाज रुकुम पश्चिमले स्व.चन्द्र खड्का स्मृति छात्रवृत्ति वितरण गरेको छ ।

समाजले पहिलोपटक वितरण गरेको छात्रवृत्ति सानीभेरी गाउँपालिकामा रहेको ज्ञानोदय माध्यमिक विद्यालय सिम्लीमा कक्षा ११ मा अध्यनरत छात्रा दिपा बि.क.लाई प्रदान गरिएको छ ।

शुक्रबार बिद्यालयमा एक कार्यक्रम आयोजना गरेर सानीभेरी गाउँपालिका ८ निवासी बि.क.लाई छात्रबृत्ति हस्तान्तरण गरिएको रुकुमेली वन प्राविधिक समाजका अध्यक्ष शेरबहादुर परियारले बताउनुभयो । अध्यक्ष परियारका अनुसार १५ हजार रकमको छात्रबृति प्रदान गरिएको हो ।

कक्षा ११ मा अध्ययनरत छात्रा बिकलाई अर्को वर्ष कक्षा १२ मा अध्ययनको क्रममा पनि १५ हजारकै छात्रबृति प्रदान गरिने छ । समाजले एउटै व्यक्तिलाई दुई वर्ष ३० हजार बराबरको छात्रबृत्ति रकम प्रदान गर्ने निर्णय गरेको छ । 

वन तथा वातावरण संरक्षणको क्षेत्रमा सक्रिय रहनुभएका खड्का डिभिजन वन कार्यलय दैलेखमा कार्यरत रहदा हृदयघातको कारण मृत्यु भएको थियो । सानीभेरी गाउँपालिका ९ निवासी खड्काको २०७७ असोज १७ गतेका दिन निधन भएको थियो ।  

उहाँ रुकुमेली वन प्राविधिक समाजको सक्रिय सदस्य समेत हुनुहुन्थ्यो । स्व. खड्काको सम्मानमा समाजले चार लाख रकमको स्व. चन्द्र खड्का स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्