Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महेश बस्नेतको नेतृत्वमा आठविसकोटमा सरसफाई

शुक्रबार, असार १, २०८०
tribeni2

रुकुम पश्चिम । नेत्र बिक्रम चन्द (विप्लव) निकट सहायक संगठन युवा संगठन नेपालले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित नगर अस्पतालमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । 

युवा संगठनले शुक्रबार आठविसकोट नगर अस्पताल परिसरमा सरसफाई गरेको हो । युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा रुकुम पूर्व र रुकुम पश्चिम जिल्ला ईन्चार्ज महेश बस्नेतको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । 

केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बस्नेतका अनुसार केन्द्रिय समितिको छैठौ पूर्ण बैठकको निर्णय अनुसार नगर अस्पतालमा सरसफाई गरिएको हो । 

संगठनका सदस्यहरु र नगर अस्पतालका कर्मचारीहरुको सहभागितामा अस्पताल परिसर सरसफाई गरिएको बस्नेतले बताउनुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्