Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
कालोपत्रे

चौरजहारीको शान्तिबजार–चौफा सडकखण्ड कालोपत्रे

शनिबार, असार २, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित शान्तिबजार देखि चौफा बजारसम्मको सडकखण्डमा कालोपत्रे गरिएको छ । नगरपालिकाको वडा नम्वर ६ शान्तिबजार देखि वडा नम्वर ११ कौ चौफासम्मको सडक कालोपत्रे गरिएको हो । 

चौरजहारी–खोलागाउँ–नुवाकोट सडकखण्ड अन्तर्गतको उक्त सडक निर्माण तथा कालोपत्रेको काम यति विल्डर्सले गरेको हो । पूर्वाधार विकास कार्यालय चौरजहारी अन्तर्गतको उक्त ठेक्का यति विल्डर्सले पाएको थियो । 

यति विल्डर्सका भिमराज केसीका अनुसार ३.१ किलोमिटर सडकमा कालोेपत्रे (प्रिमिक्स कार्पेट) गरिएको हो । यस कार्यका लागि पूर्वाधार विकास कार्यालयसँग निर्माण कम्पनी यति विल्डर्सले पाँच करोड ५० लाख रुपिँयामा सम्झौता गरेको बताईएको छ । 

तोकिएकै समयमा गुणस्तरिय काम भएको भन्दै स्थानीयहरु हर्षित भएका छन् । सडक कालोपत्रे भएपछि नगरपालिकाको केन्द्र चौरजहारी, बजार, अस्पताल आवतजावतमा सहज हुने स्थानीयको भनाई रहेको छ । 

सरोकारवाला निकायहरुले पनि तोकिएको समयमा निर्माण कम्पनीले गुणस्तरिय काम गरेको प्रतिक्रिया दिएका छन् ।

कालोपत्र गरिएको सडकखण्डको गत बिहिबार जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, चौरजहारी नगरपालिका, पूर्वाधार विकास कार्यालय लगायतका निकायले अनुगमन समेत गरेको बताईएको छ ।  

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्