Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीमा किवानिसको शाखा विस्तार 

शनिबार, असार २, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा किवानिस अन्तर्राष्ट्रिय क्लबको शाखा  स्थापना गरिएको छ ।

शुक्रबार गाउँपालिकाको वडा नम्बर ३ झुल्नेटा बजारमा किवानिस अन्तर्राष्ट्रिय क्लबको शाखा  स्थापना गरिएको हो ।  शाखाको त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले गर्नुभएको छ । 

त्रिवेणी गाउँपालिका वडा नम्बर ३ मा रहेका युवाहरूले काम गर्ने गरी किवानिस अन्तर्राष्ट्रिय क्लबको शाखा स्थापना गरिएको क्लबका उपाध्यक्ष कृष्णबहादुर ओलीले बताउनुभयो । उहाँका अनुसार क्लबले पालिका भित्र रहेका बालबालिको क्षेत्रमा काम  गर्ने छ ।

355039470_797496938415946_7604027720633873124_n1686986996.jpg

हालसम्म नेपाल सहित विश्वका ८० देशमा क्लबको शाखा विस्तार गरी बालबालिकाको क्षेत्रमा काम गर्दै आएको उहाँको भनाई छ । 

क्लबको मुख्य उदेश्य नै  बालबालिकालाई जीवन जीउनको लागि चाहिने आधारभुत ज्ञान, सीप र क्षमताको वृद्धि विकास गर्नु भएकाले क्लबले समस्यामा परेका बालबालिकालाई  सहयोग पुग्ने  उपाध्यक्ष ओलीले  बताउनुभयो ।

क्लबका अध्यक्ष बिरबहादुर ओलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

354473460_1445276252931560_1580996207248043264_n1686986994.jpg

त्यस्तै ३ नम्बर वडा अध्यक्ष दिपेन्द्रकुमार ओली, वडा नम्वर ३ का पूर्व वडा अध्यक्ष मोहन ओली लगाएत क्लबका पदाधिकारीको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन क्लबका सचिव  बिर्ख बहादुर केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्