Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा १७ वर्षपछि कानको लागि शल्यक्रिया शिविर

५३ को कानको शल्यक्रिया, ८९ जनालाई रेफर
आइतबार, असार ३, २०८०
tribeni2

रुकुम पश्चिम । १७ वर्षपछि रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा कानको निशुल्क शल्यक्रिया शिविर सम्पन्न गरिएको छ । 

मुसिकोट नगरपालिका  –१ सल्लेमा ६ दिनसम्म भएको कानको निःशुल्क शल्यक्रिया शिविरमा ५३ जनाको शल्यक्रिया गरिएको । 

नेपाल नेत्रज्योती संघ जिल्ला शाखा रुकुमपश्चिम तथा आँखा उपचार केन्द्रको आयोजनामा भएको शिविरबाट कानको जाली फुटेकाहरुको शल्यक्रिया गरिएको हो । आँखा उपचार केन्द्र सल्लेका इन्चार्ज धनबहादुर केसीका अनुसार कानको जाली प्वाल परेका व्यक्तिहरुको शिविरमा निःशुल्क शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया शिविरलाई लक्षित गरेर यसअघि जिल्लाका विभिन्न ठाउँमा कान स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । सोहि शिविरबाट पहिचान भएका व्यक्तिहरुका लागि अप्रेशन शिविर संचालन गरिएको ईन्चार्ज केसीले बताउनुभयो । 

शिविरमा ५३ जनाले कानको अप्रेशन गरिएको छ भने कान सुख्खा नभएका बाँकी ८९ जनालाई नेपालगञ्ज रेफर गरिएको इन्चार्ज केसीले बताउनुभयो । अप्रेशनका लागि कान सुख्खा हुनुपर्नेमा नभएकालाई रेफर गरिएको हो । त्यस्तै शिविरबाट अप्रेशन बाहेक परामर्श सेवाका साथै औषधी वितरण गरिएको छ ।  

355086649_1240229670198810_413575196516134734_n1687072969.jpg

शिविरमा नाक कान घाँटी रोग विशेषज्ञ डा. रवि स्वार र डा. शिव रेग्मी सहित १७ जनाको स्वास्थ्यकर्मीको टोली खटिएको थियो । 

नेपाल नेत्रज्योती संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग, बि.एन. (ब्रिटेन नेपाल) सामुदायिक कान उपचार सेवा सिद्धार्थ अस्पताल नेपालगञ्ज बाँकेको प्राविधिक सहयोग, मुसीकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा शिविर सञ्चालन भएको हो ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्