Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खलङ्गा बजारमै लथालिङ्ग बिद्युत तार, अव्यवस्थित ब्रेकर र बिग्रेको बाटोले सर्वसाधारणलाई मार

जुनसुकै बेला मानविय क्षति हुनसक्ने भन्दै स्थानीयद्वारा सरकारको ध्यानाकर्षण
आइतबार, असार ३, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको जिल्ला सदरमुकाम रहेको मुसिकोट नगरपालिका १ खलङ्गा बजारमा दुर्घटनाको जाखिम बढेको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् । 

मुख्य बजार क्षेत्रमा लथालिङ्ग अवस्थामा रहेका बिद्युतका तार, अव्यवस्थित रुपमा बनाईएको सडक ब्रेकर र ढल निकासको प्रयोगको लागि बनाईएका च्याम्बर व्यवस्थित नभएको भन्दै स्थानीयले सरकारको ध्यानाकर्षण गराएका छन् ।  

स्थानीय ब्यापारीहरुले समेत बजार क्षेत्रको सुरक्षा र मुख्य चोकको सुन्दरताको लागि सरोकारवाला निकायको चासो हुनुपर्ने जनाएका छन् । मुसिकोट नगरपालिका १ खलङ्गामा रहेको बिद्युत ट्रान्समिटर देखि सहिद मैदान, पुष्पलाल चोकदेखि जिल्ला प्रहरी कार्यालय जाने बजारको मुख्य लाईन र सल्ले जाने बाटोमा रहेका बिद्युतका तारहरुले मानविय क्षति हुन सक्ने भन्दै स्थानीयले वडा सरकार समक्ष निवेदन समेत दिएका छन् ।

353858264_653834016190472_5146579853224335023_n1687078766.jpg

स्थानीय खगेन्द्र रसाईलिले बिद्युतका तारहरु हिडडुल गर्ने सर्वसाधारण तथा सवारी साधनमा आउजाउ गर्नेहरुले छुन सक्ने गरी लत्रिएको अवस्थामा रहेको बताउनुभयो । यसबाट मानविय क्षति हुनसक्ने भएकोले स्थानीय सरकारलाई जानकारी गराएको उहाँको भनाई रहेको छ । उहाँले यस बिषयमा स्थानीयहरु वडा कार्यालयमा गएर निवेदन दिएको जानकारी दिनुभयो । 

त्यसैगरी पुष्पलाल चोकमा बनाईएको अब्यवस्थित ब्रेकरको कारण दुर्घटनाको जोखिम थपिएको उहाँको भनाई रहेको छ । उक्त स्थानमा गरिएको कालोपत्रे समेत उप्किएको छ । दैनिक सात / आठ जना विद्यार्थी तथा सर्वसाधारणहरु उक्त ब्रेकरको कारण लड्ने गरेका छन् । त्यसैगरी पुष्पलाल चोक नजिकै ढल निकासको लागि बनाईएको च्याम्बरको ढकनी पनि अब्यवस्थित रहेको भन्दै स्थानीयले वडा कार्यालयमा निवेदन दिएका छन् । 

352872457_937429924198173_6730443280262272166_n1687078759.jpg

यस बिषयमा वडा कार्यालयले समेत चासो व्यक्त गरेको छ । स्थानीयहरुको निवेदन पश्चात विद्युत वितरण केन्द्रको कार्यालयलाई समस्या समाधानका लागि पत्राचार गरिएको वडा अध्यक्ष ज्ञानु चन्द्र चन्दले बताउनुभयो ।

उहाँका अनुसार सदरमुकामको मुख्य बजारमा जमिनको सतहबाट मानिस तथा सवारी साधनहरुले छुन मिल्ने गरि लत्रिएका बिद्युतको तारको कारण जुनसुकै अवस्थामा मानविय तथा अन्य क्षति हुने सम्भावना रहेकोले समस्या समाधानका लागि बिद्युत कार्यालयलाई सिफारिस गरिएको छ । 

वडा कार्यालयले जोखिमको बिषयमा पटक पटक सरोकारवाला कार्यालयलाई ताकेता गरिएको तर कार्यान्वय नभएको जनाएको छ । अहिले फेरि पनि विद्युत कार्यालयलाई लत्रिएका तारहरु कस्न, बिद्युत पोलहरु लगायतका सामाग्रीहरु प्राविधिक खटाएर व्ववस्थापन गर्न अनुरोध गरिएको वडा अध्यक्ष चन्दले जानकारी दिनुभयो । 

353630526_795410408939810_8757180585187385269_n1687078760.jpg

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्