Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा पाँच जना फरार प्रतिवादी पक्राउ

आइतबार, असार ३, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । 

प्रहरीले विभिन्न मिति र समयमा विभिन्न अपराध कसुरमा संलग्न भई फरार अवस्थामा रहेका र अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादीहरु पक्राउ गर्ने क्रममा पाँच जनालाई पक्राउ गरेको जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार अदालतको फैसला कार्यान्वयनको सिलसिलामा असार १ गते र असार ३ गते गरेर पाँच जनालाई पक्राउ गरिएको हो । 

असार १ गते लागु औषध चरेश मुद्धामा फरार रहेका जिल्लाको आठविसकोट नगरपालिका ३ खदि निवासी ४५ वर्षका कर्णबहादुर खत्रीलाई पक्राउ गरिएको हो । उहाँ बिरुद्ध अदालतबाट एक वर्ष चार महिना आठ दिन र पाँच हजार जरिवानाको फैसला भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । 

त्यसैगरी आज आईतबार थप तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान मुद्धाका एक जना र सम्बन्ध बिच्छेद मुद्धाका तीन जनालाई पक्राउ गरिएको हो । 

पक्राउ परेका पाँचै जनालाई कैद, जरिवाना असुल उपरको लागि रुकुम जिल्ला अदालतमा पठाईएको प्रहरीको भनाई रहेको छ । 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्