Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा एक बृद्ध मृत अवस्थामा फेला

सोमबार, असार ४, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वमा एक बृद्धको शव फेला परेको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर १० घुम्लिवांग निवासी ७३ बर्षिय सुर बहादुर बुढा मृत अवस्थामा भेटिनुभएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार पुथा उत्तरगंगा गाउँपालिका -११ उपल्लोसेरास्थित उत्तरगंगा नदिको बिच भागमा उहाँको शव भेटिएको हो ।

आईतबार स्थानीयले शव भेटिएको सूचना दिएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गएको थियो । खोलाले बगाएर उहाँको मृत्यु भएको बताईएको छ ।  

उक्त शव पोष्टमार्टमका लागि रुकुम पूर्व अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्