Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

किस्ता तिर्न नसकेको अटो फिर्ता लिदै गर्दा दुर्घटना, चालक घाईते

बुधबार, असार ६, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा अटो दुर्घटना भएको छ । बुधबार दिउँसो जिल्लाको मुसिकोट नगरपालिका -४ बोहरागाउँमा रा १ ह ६३७१ नम्वरको अटो दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्का अनुसार घाईते हुनेमा अटो चालक डोरे नगरपालिका ४ पर्सा निवासी २७ वर्षिय सेकेन्दार दास तत्वा रहेका छन् ।

घाईतेलाई मुसिकोट नगरपालिका -५ मा रहेको मनकामना अस्पतालमा प्रारम्भिक उपचारपछि दांग रिफर गरिएको छ । घाईतेको अवस्था सामान्य रहेको जनाईएको छ । 

प्रहरीका अनुसार उक्त अटो रुकुम पूर्वको भुमे गाउँपालिका वडा नम्वर -५ सेरावाङ्ग  निवासी २३ वर्षिय सुरेन्द्र कामीले गत पुस १७ गते दांग घोराहिको राप्ती अटो पार्टसबाट किस्तामा निकाल्नुभएको थियो । किस्ता तिर्न नसकेपछि अटो पार्टसबाट खटिएर आउनुभएका सेकेन्दार दास तत्वाले रुकुम पूर्वबाट दांगतर्फ लैजाने क्रममा बोहरागाउँमा दुर्घटना भएको हो । 

अटो राप्ती राजमार्ग अन्तर्गतको बोहरागाउँको सडकबाट करिब २० मिटर तल खसेको बताईएको छ । दुर्घटना भएको अटोमा अन्य कोहिपनि सवार नरहेको प्रहरीको भनाई रहेको छ । सालको रुखमा अड्एिको र सिसा फुटेको अवस्थामा अटो रहेको छ । 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्