Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमकोटमा योग अभ्यास र योगको चर्चा गर्दै मनाईयो योग दिवस

बुधबार, असार ६, २०८०
tribeni2

रुकुम पूर्व । रुकुम पूर्वमा नवौँ अन्तराष्ट्रिय योग दिवस मनाईएको छ ।

“मानवताका लागि योग”  भन्ने नाराका साथ आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वको आयोजना, जिल्ला प्रशासन कार्यालय र पतंजली योग समिति रुकुम पूर्वको समन्वयमा जिल्लाको सिस्ने गाउँपालिका –५ मा रहेको कमलताल छेउमा विभिन्न योग अभ्यास र योगको बारेमा चर्चा गरेर गरी दिवस मनाईएको छ ।

कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख योगीराज आचार्यले योग तथा आसनको अभ्यास गराउनु भएको थियो । मानव शरीर स्वस्थ राख्नका लागि आवश्यक योग कसरी गर्न सकिन्छ भन्ने बारेमा बिभिन्न आसनहरुको करिब २ घण्टा अभ्यास गराईएको थियो ।

योग मानव स्वास्थ्यसँग सम्बन्धित रहेकोले यो यो निकै महत्वपूर्ण मानिने कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । योगले महामारीका साथै प्राकृतिक बिपत्ति लगायतका अफ्ठ्यारा परिस्थितीमा मनोबल उच्च राख्न मद्धत पुग्ने हुदा सबैलाई योग अभ्यास गर्न उहाँले सुझाउनु भएको थियो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष रेग्मीले सकारात्मक ऊर्जाबाट मानव जीवनमा थप ऊर्जा थप्ने साधना योग साधना भएकोले यसको निकै महत्व रहेको बताउनुभयो । योग मानव स्वास्थ्यसँग सम्बन्धित रहेकोले पनि शरीर स्वस्थ राख्नमा योग आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले यौगिक जीवनको सुरुवात गर्न पनि सबैलाई अनुरोध गर्नुभएको छ । 

प्रमुख जिल्ला अधिकारी माधव शर्माको अध्यक्षता रहेको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, लगाएत बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्