Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमको विद्युत वितरण केन्द्रलाई नागरिक सचेतिकरणका कार्यक्रम गर्न निर्देशन

बुधबार, असार ६, २०८०
tribeni2

रुकुम पश्चिम । नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रलाई नागरिक सचेतिकरणका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिईएको छ ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले बिद्युतको कारण हुने दुर्घटना रोक्न नागरिक सचेतिकरणका कार्यक्रम गर्न निर्देशन दिनुभएको हो ।  

बुधबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रको अवलोकन तथा निरीक्षणमा पुग्नु भएका प्रजिअ पन्तले बिद्युतीय दुर्घटनाका घटनाहरु बढीरहेकोले नागरिकलाई त्यसबाट जोगाउन सहि सूचना प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो । 

अनियमित हुने बिद्युत सेवालाई सुधार गर्न र करेन्ट लागेर मानविय क्षति हुन नदिन नागरिक सचेतिकरणका कार्यक्रम तत्काल सञ्चालन गर्न उहाँले निर्देशन गर्नुभयो । बिद्युत वितरण केन्द्र रुकुम पश्चिमका कार्यालय प्रमुख शिवजी प्रसाद साहसहितको टोलीलाई उहाँले निर्देशन गर्नुभएको हो । 

अनुगमन तथा निरिक्षणमा प्रमुख जिल्ला अधिकारी पन्तसहित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्