Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डिग्रे मन्दिर जाँदै गरेको जीप दुर्घटना, आठ जना घाईते

बिहीबार, असार ७, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ बागबजारमा बोलेरो जीप दुर्घटना भएको छ ।

बिहिबार बिहान भे १ च २७९६ को बोलेरो दुर्घटना हुँदा आठ जना घाईते भएका छन् । 

मुसिकोट नगरपालिका १ बाट मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको डिग्रे मन्दिर जादै गरेको जिप दुर्घटनामा परेको हो । 

दुर्घटनामा परेर घाईते भएका आठ जनालाई उपचारका लागि सल्ले अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकि रहेको छ । 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०६:४७
प्रतिक्रिया दिनुहोस्