Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जीप दुर्घटना अपडेट : दश जना घाईते, एक जनाको अवस्था गम्भिर 

बिहीबार, असार ७, २०८०
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा भएको बोलेरो जीप दुर्घटना परेर दश जना घाईते भएका छन् । 

बिहिबार बिहान जिल्लाको मुसिकोट नगरपालिका १ त्रिवेणी चोकदेखि वडा नम्वर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरको दर्शन गर्न जान थालेको भे १ च २७९६ नम्वरको जीप दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार जीप दुर्घटनामा परेर दश जना घाईते भएका छन् । 

घाईते हुनेहरुमा मुसिकोट नगरपालिका ५ की १३ वर्षिया सरस्वती केसी, ५५ बर्षिया लिला केसी, मुसिकोट नगरपालिका १३  की ५० बर्षिया सुबि रोका, मुसिकोट नगरपालिका ३  की १३ बर्षिया सुजाता केसी, साेहि ठाउँकी १२ वर्षिया करिना केसी रहेका छन् ।

त्यसैगरी सोहि वडा निवासी १४ वर्षिया दक्षिणा खड्का, ८ वर्षिया बर्षा केसी, मुसिकोट नगरपालिका १ की ३५ बर्षिया बिनिता केसी, दांगको शान्तिनगर गाउँपालिका ४ निवासी २५ वर्षिया टिका ओली केसी र सोहि स्थानकी ३३ बर्षिया टिका केसी घाईते हुनुभएको प्रहरीले जनाएको छ । 

घाईते मध्य बर्षा केसीको बाँया खुट्टाको तिघ्राको हड्डि निस्किएकोले अवस्था सिरियस रहेको बताईएको छ । 

प्रहरीका अनुसार उक्त जीपमा १२ जना सवार रहेकोमा अन्य दुई जना सकुशल रहेका छन् । जिप स्टाट गर्ने क्रममा ब्रेकले काम नगरी ब्याक हुन जाँदा सडकबाट करिब ६ मिटर तल खसेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । 

घाईतेहरु सबैको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ । 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्