Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राष्ट्रिय खेलाडी तथा शिक्षक जैसीको नाममा अक्षय कोष बनाईने 

बिहीबार, असार ७, २०८०
tribeni2

रुकुम पश्चिम । एकताका राष्ट्रिय भलिबल खेलाडीको रुपमा परिचित नाम हो, रुद्रलाल जैसी । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर १ नाखिरा निवासी उनै होनहार खेलाडी जैसीको नाम विगत तीन दशक यता असल गुरुका रुपमा परिचित आदर्श नाम हो । 

खेलकुदको गहना, ज्ञानको ज्योती, हजारौ युवा प्रेरणाका श्रोत, समाजको अब्बल उदाहरणको रुपमा परिचित रुद्रलाल जैसीको गत जेठ २८ गते असामयिक निधन भयो । क्यान्सरसँग लडिरहेका उहाँको आफ्नै निवासमा निधन भएको थियो । उहाँका एक श्रीमती र ६ वहिनी छोरी हुुनुहुन्छ । 

पछिल्लो समय आधारभूत विद्यालय नाखिराको प्रधानाध्यापक जैसी कतिसम्म प्रिय र समाजको अगुवा हुनुहुन्थ्यो भन्ने कुरा उहाँको विशाल शवयात्रा र आज असार ७ गते भएको १३ औं दिनको पुण्यतिथिको कार्यक्रमले प्रष्ट पार्दछ । 

विद्यालयको प्राङ्गणमा आयोजित श्रद्धाञ्जली सभामा उहाँको नाममा बिद्यालयमा अक्षणकोष निर्माण गर्ने घोषणा गरिएको छ । परिवारको तर्फबाट बोल्नुहुँदै उहाँका भतिज यदुकुमार आचार्यले ४५ औ दिनको तिथीपछि अक्षयकोष घोषणा गरिने जनाउनुभयो । 

अक्षयकोषको लाभांसबाट एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृति दिने र एक जना खेल क्षेत्रका क्रियाशिल बिद्यार्थीलाई सहयोग गरिने यहाँले बताउनुभयो । आचार्यले रुद्रलाल जैसी आफ्नो काका मात्र नभएर खेल जीवनको गुरु भएको उल्लेख गर्नुभयो । उहाँकै प्रेरणाका कारण क्षेत्रिय तथा राष्ट्रिय स्तरका भलिबलमा खेलमा आफु समावेश हुन पाएको उहाँँको भनाई रहेको छ । 

पुण्यतिथीको अवसरमा आयोजित सभामा बोल्नुहुँदै युवा राजनीतिकर्मी सुदास स्वर्णकारले आफूले मात्रै नभएरु सिंगो समाजले असल गुरु गुमाएको बताउनुभयो । आफूलाई असल मार्गमा हिड्न सिकाउने, असल सस्कार सिकाउने गुरु गुमाएको उहाँले उल्लेख गर्नुभयो ।

करिब बन्द अवस्थामा रहेको आधारभूत विद्यालय नाखिरालाई पुनर्जिवन दिनुभएका उहाँको चर्चा र सम्मान युगौसम्म रहने स्वर्णकारले उल्लेख गर्नुभयो । 

उक्त अवसरमा स्वर्गीय जैसीका जेठा ज्वाई पदम बहादुर जेठाराले तयार पार्नुभएको उहाँको जीवनी सुनाउनुभएको थियो । 

उहाँकाे जीवनी : प्रेरणाका खानी, रुद्रलालको जीवनी

विद्यालय व्यवस्थापन समितिका सदस्य केशवराज गिरीको अध्यक्षमा भएको पुण्यतिथिको कार्यक्रममा उहाँका आफन्तहरु, उहाँका अनन्य मित्र ईन्द्रलाल शर्मा लगायत स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका निमित्त प्रधानाध्यापक शिवराम गिरीले गर्नुभएको थियो । 
श्रद्धाञ्जली सभामा दिवंगत आत्मको चिरशान्तिको कामना गर्दै शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, आफन्त तथा स्टमित्र, विद्यालयमा अध्ययनरत विद्यार्थीहरु र स्थानीयले श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्