Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रतिस्पर्धा मार्फत प्रधानाध्यापकको पदपूर्ति गरिदैं

शनिबार, असार ९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ खलङ्गामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयले प्रतिस्पर्धा मार्फत प्रधानाध्यापकको पदपूर्ति गर्न थालेको छ । 

विद्यालयले विकास प्रस्ताव सहित प्रधानाध्यापकको लागि आवेदन माग गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीका अनुसार असार ६ गते बसेको व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार प्रतिश्पर्धा गराएर रिक्त रहेको प्रधानाध्यापक पदपूर्ति गर्न थालिएको हो । 

संघीय शिक्षा नियामावली, २०५९ र मुसिकोट नगरपालिका शिक्षा नियामावली, २०७४ बमोजिम बिद्यालयमा कार्यरत शिक्षक मध्यबाट प्रतिस्पर्धा गराएर प्रधानाध्यापक छनौट गर्न थालिएको अध्यक्ष केसीले जानकारी दिनुभयो । 

यसका लागि विद्यालय विकास प्रस्ताव सहित दरखास्त दिन सार्वजनिक सूचना समेत आह्वान गरिएको छ । 

दरखास्त, विद्यालय विकास प्रस्तावना, शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपीहरु, शिक्षक नियुक्ति र तालिमसँग सम्बन्धित कागजातहरु सहित असार १६ गते भित्र विद्यालयमा निवेदन दिन सकिने विद्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्