Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विद्यालयमा लागु औषध, ट्राफिक नियम र विद्युतिय जोखिमबारे सचेतना 

शनिबार, असार ९, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेका दुई बिद्यालयमा लागु औषध नियन्त्रण, ट्राफिक नियम र विद्युतबाट हुने दुर्घटनाबाट बच्चे उपायहरु बारेमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । 

शुक्रबार त्रिवेणी गाउँपालिका वडा नम्वर ९ मा रहेको हिमालय जनता माध्यमिक विद्यालय र वडा नम्वर ७ मा रहेको शुभप्रभात आधारभूत विद्यालयमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाल अधिकार, विद्युतिय दुर्घटना र सचेतना,  ट्राफिक नियमहरुको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराउनुभयो थियो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख, प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले अवैध लागु औषधको प्रयोगले निम्त्याउने हानी बारेमा जानकारी गराउनुभएको थियो । 

त्यसैगरी सोहि दिन प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक सहित सुरक्षा निकायका प्रमुखद्वारा प्रहरी चौकी नुवाकोटको निरीक्षण तथा अनुगमन गरी आवश्यक निर्देशन दिईएको बताईएको छ । 

उक्त टोलीले  प्रहरी चौकी नुवाकोटको जग्गाको स्थलगत अनुगमन समेत गरेको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । त्यसैगरी त्रिवेणी गाउँपालिका ९ को वडा कार्यालयमा वडाका कर्मचारीहरुसंग कानूनको कार्यान्वयन लगायतका विषयमा छलफल तथा अन्तरसंवादसमेत गरेको बताईएको छ । 

उक्त टोलीमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी नायब उपरिक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरिक्षक गोबिन्द केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, सामाजिक विकास कार्यालय रुकुम पश्चिमका प्रमुख धनन्जय आचार्य लगायतको उपस्थिति रहेको थियो । 

353034314_1297485271193564_7973742282669320442_n1687614936.jpg

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्