Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटस्थित ग्लोबल बैंकमा तालाबन्दी,  साईनबोर्ड जलाईयो

आइतबार, असार १०, २०८०
tribeni2

रुकुम पश्चिम । नेकपा (विप्लव निकट) काे सहायक संगठन युवा संघ नेपालले आठविसकोट नगरपालिका -९ मा रहेको एक लघुबित्तको कार्यालयमा तालाबन्दी गरेको छ । 

आईतबार ग्लोबल आईएमइ लघुबित्तको कार्यालयमा तालाबन्दी गर्नुका साथै कार्यालयको साईनबोर्डमा आगजनी गरिएको हो । 

युवा संगठन नेपालका केन्द्रिय सदस्य महेश बस्नेतका अनुसार सर्वसाधारणहरुको रकम मनोमानि तरिकाले चलाएको, चर्को ब्याज असुल गर्ने गरेको, जम्मा गरेको पैसा फिर्ता नगरेको कारण बैंकमा तालाबन्दी गरेर साईनबोर्ड जलाईएको हो । 

युवा संगठनले आठबिसकोट क्षेत्रका करिब १८ जना सर्वसाधारणहरु लघुबित्तबाट ठगिएको आरोप लगाएको छ । बैंकले १४ वर्षसम्म ग्राहकको खातामा रहेको रकम निकाल्न नपाउने भन्दै किस्ता तिरिसकेका ग्राहकको रकम समेत नदिएको पीडितहरुको आरोप रहेको छ । 

युवा संगठनले पटक पटक रकम फिर्ता गर्न ताकेता गर्दापनि अटेरी गरेकोले तालाबन्दी गर्नुभएको केन्द्रिय सदस्य बस्नेतले बताउनुभयो । याे समस्याको समाधान नगरुन्जेलसम्मलाई अनिश्चितकालको लागि तालाबन्दी गरिएको जनाईएको छ । 

नेकपा (बिप्लव) को पार्टीमा पीडितहरुले ठगिएको उजुरी दिएपछि आफूहरुले बारम्बार रकम फिर्ता गर्न अल्टिमेटम दिएको तर वेवास्ता गरिएको युवा संगठनको भनाई रहेको छ । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्