Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोट गाउँपालिकाको बजेट ५५ करोड

आइतबार, असार १०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को लागि नीति तथा कार्यक्रम र बजेट वक्तव्य ल्याएको छ । 

गाउँसभाको ८ औँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठाले नीति तथा कार्यक्रम र उपाध्यक्ष तारा बुढा केसीले बजेट वक्तव्य पेश गर्नुभएको थियो । 

उपाध्यक्ष केसीले सभामा कुल ५५ करोड पाँच लाख दश हजारको बजेट पेश गर्नुभएको छ । जसमध्य चालु खर्च तर्फ ३५ करोड ६३ लाख ७७ हजार १३३ रुपियाँ र पुजिँगत खर्च तर्फ १९ करोड ४१ हजार ६८ हजार ८६६ रुपिँया बिनियोजन गरिएको गाउँपालिका प्रवक्ता प्रकाश खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारको सम्पुर्ण बजेट सिलिङ आईनसकेकोले प्रमाणित बजेट असार ३० गते सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सभाले भु-उपयोग कार्यविधि, २०८० समेत पास गरेको छ।
 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्