Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ठुलिदहबाट ल्यायो मुसिकोटले ७४ करोड ६८ लाखको बजेट

आइतबार, असार १०, २०८०
tribeni2

रुकुम पश्चिम ।  मुसिकोट नगरपालिका वडा नम्वर ७ मा रहेको ठुलिदहमा आयोजित १२ औ नगरसभामा मुसीकोट नगरपालिकाको आगामी आर्थिक वर्ष ०८०/८१ को लागि नीति तथा कार्यक्रम र बजेट पेश गरिएको छ । 

नगरसभामा नगर प्रमुख महेन्द्र केसीले नीति तथा कार्यक्रम र उप प्रमुख बिमल कुमार पुनले बजेट वक्तव्य पेश गर्नुभएको हो । 

सभामा उप प्रमुख पुनले कुल ७४ करोड ६८ लाख २७ हजार ५२५ रुपियाँको बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । जसमध्ये चालु तर्फ ५७ करोड १० लाख २७ हजार ५२५ अर्थात ७६.२७ प्रतिशत र पुजिँगततर्फ १७ करोड ७६ लाख अर्थात २३.७३ प्रतिशत बजेट रहेको छ । 

यस वर्ष राजश्व संकलनको लक्ष्य दुई करोड राखिएको छ । आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेट उपर आगामी असार २६ गतेदेखि छलफल सुरु गर्ने कार्यक्रम रहेको बताईएको छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्