Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीमा आयाे ५० करोड ९६ लाखको बजेट

आइतबार, असार १०, २०८०
tribeni2

रुकुम पश्चिम । आगामी आर्थिक वर्ष ०८०/८१ को लागि रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट गाउँ सभामा पेश गरेको छ ।

आईतबार त्रिवेणी गाउँपालिकाको सभा हलमा आयोजित गाउँसभाको नवौ अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट वक्तव्य पेश गरिएको हो ।

गाउँपालिका अध्यक्ष गणेश कुमार केसीले नीति तथा कार्यक्रम र उपाध्यक्ष राज कुमारी रेउलेले बजेट वक्तव्य पेश गर्नुभएको हो । अध्यक्ष केसीले पालिका भित्र शिक्षा, कृषि, स्वास्थ्य, सडक लगायतका क्षेत्रमा नमूनायोग्य काम गर्नेगरी नीति तथा कार्यक्रम ल्याईएको जानकारी दिनुभयो । 

गाउँसभामा उपाध्यक्ष राजकुमारी रेउलेले आगामी आर्थिक वर्षका लागि ५० करोड ९६ लाख ४० हजार ५ सय २२ रुपैयाँको बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । 

कुल विनियोजित बजेट मध्ये चालुतर्फ ३८ करोड ४ लाख २८ हजार अर्थात कुल बजेटको ७४.६५ प्रतिशत र पुँजीगत तर्फ कुल बजेट मध्य १२ करोड ९२ लाख १२ हजार ५ सय २२ रुपैयाँ अर्थात २५.३५ प्रतिशत बजेट बिनियोजन गरिएको छ ।

सभाको अवसरमा गाउँपालिका र वडामा कार्यरत उत्कृष्ट कर्मचारीहरु, जग्गादाता, शिक्षक र पत्रकार बलेन्द्र ओलीलाई सम्मान गरिएको त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रेमबहादुर घर्तिले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्