Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लागू औषध बिरुद्ध सचेतनामुलक प्रभातफेरि

सोमबार, असार ११, २०८०
tribeni2

रुकुम पश्चिममा । रुकुम पश्चिमको मुसिकोट सदरमुकाममा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा प्रभातफेरि कार्यक्रम सम्पन्न गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको आयोजनामा प्रभातफेरि कार्यक्रम सम्पन्न गरिएको छ । बालमन्दिर परिसरबाट प्रभातफेरि कार्यक्रमले सचेतनामूलक ब्यानर, प्लेकार्ड, नारा सहित बजार परिक्रमा गरेको थियो । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको अध्यक्ष्तामा भएको प्रभातफेरि कार्यक्रममा  मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरीक्षक गाेविन्द केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी,  सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी, विभिन्न कार्यालयका प्रमुखहरु, स्थानीय बासिन्दाहरु सहित जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र सशस्त्र प्रहरी बल, नेपाल नम्वर ४७ गुल्मका सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । 

यसअघि दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयले सप्ताहव्यापी रुपमा विभिन्न विद्यालयहरु तथा टोलहरुमा लागुपदार्थको दुव्र्यसनी बारेमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेको थियो । 

WhatsApp Image 2023-06-26 at 2.02.53 PM1687767543.jpeg

354448657_1298842227724535_795802811172656493_n1687767330.jpg

 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्